दुलेगौंडा । वैशाख १० गते तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ मा उपनिर्वाचन हुने भएको छ। यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति भएसंगै रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको सांसद पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन गर्न लागिएको हो ।
तनहुँ– १ का निवर्तमान सांसद पौडेल राष्ट्रपति र बारा–२ का निवर्तमान सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् । सोही दिन बारा–२ र चितवन क्षेत्र नं २ मा पनि उपनिर्वाचन हुँदै छ।