दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा रहेको शहिदकृष्ण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेवि संघका विष्णुबहादुर अधिकारी निर्वाचित भएका छन् । आज भएका मतगणनामा अधिकारीले २७ मत प्राप्त गरेका थिए । उनका प्रत्यासी अनेरास्ववियुका मनोज बानियाँले १० मत प्राप्त गरेका थिए ।
स्ववियु निर्वाचनमा शहिदकृष्ण क्यम्पस्मा ४० जना मतदाता मध्य ३७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
आज तनहुँ जिल्लाका ३ क्याम्पसमा आज निर्वाचन भईरहेको छ । जसमा शहिद कृष्ण क्याम्पस, जनज्योती क्याम्पस र आँबुखैरेनी क्याम्पस रहेका छ ।