दुलेगौंडा । चैत ५ गते देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुदै छ । तर यता, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा रहेको भानुभक्त बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन भने अन्योलमै रहेको छ । जसको विरुद्धमा अनेरास्ववियू क्याम्पस कमिटीले शिरमा कालो पट्टी बाँधी धर्ना कार्यक्रम शुरु गरेको छ ।
धर्ना कार्यक्रममा विद्यार्थी नेताहरुले ‘अनेरास्ववियु जिन्दवाद, स्ववियु निर्वाचन हाम्रो माग, लाचार समिति राजिनामा दे, आम विधार्थी संगठन निर्वाचनका लागि पहल गर, विधार्थीको अधिकारलाई सुनिश्चित गरौ’ लगायतका नाराहरु लगाईएको थियो ।
ताकिएको समयमा निर्वाचन गराउन आफुहरु धर्ना बसेको विद्यार्थी नेता सुरेस पौडेलले बताए । उनका अनुासर क्याम्पस प्रशासनले उचित कदम नचालेको खण्डमा चरमद्ध आन्दोलन सुरु गर्ने बताएको छ ।