दुलेगौँडा । शुक्लागण्डकी महोत्सव–२०७९ को अवसरमा आयोजित ‘सि’ लेवलुको पुरुष व्याटमिन्टन प्रतियोगितामा जिअस ब्याटमिन्टन क्लब (गाछेपानी)का सुशील भुजेल र लक्ष्मण लामाको जोडी प्रथम भएका छन् ।
आइतबार भएको फाइनल खेलमा भुजेल र लामाले ढोर ब्याटमिन्टन क्लब ढोरर्फिर्दीका धिरज के.सि र बिमल बाँनियाको जोडीलाई पराजित गरेको थियो ।
प्रथम हुन सफल भुजेल र लामाले नगद पुरस्कार रु। २० हजार र द्धितीय भएका के।सि र बानियाँले रु। १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा जिअस ब्याटमिन्टन क्लबका बसन्त लालचन र मनबहादुर आले, ब्यास नगरपालिकाका बिक्रम रेउले र तारा थापाको जोडी तृतिय भएका छन् । प्रतियोगितामा सिनियर खेलाडी बोमबहादुर गमाल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।