दुलेगौंडा । तनहुँको व्यास नगरपालिकाले महिला दिवसको अवसरमा आयोजना गरेको ‘तेस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथन’ मा जुम्लाकी पूर्ण लक्ष्मी न्यौपाने प्रथम भएकी छिन् । न्यौपानेले व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दुरी १ घण्टा ४७ मिनेटमा पार गर्दै प्रथम भएकी हुन् ।
प्रतियोगितामा सोलुखुम्बुकी अनिता राईले निर्धारीत दुरी १ घण्टा ५२ मिनेट पार गर्दै द्धितीय भएकी छिन् भने जुम्लाकी विश्व रुपा बुढाले १ घण्टा ५७ मिनेटमा निर्धारित दुरी पार गर्दै तृतीय भएकी छिन् । प्रतियोगितामा प्रथम हुनेले ४१ हजार ७९, द्धितीय हुनेले ३१ हजार ७९, तृतीय हुनेले २१ हजार ७९ (कर सहित) साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।
यसै गरि प्रतियोगितामा गुल्मीका गीता विक, गोरखाका अमृता गुरुङ र नवलपरासीका सिमा चौधरी सान्त्वना भएका छन् । उनिहरुले जनही ११ हजार ७९ साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।