दुलेगौंडा । नेकपा एमालेकाे भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकाे २३ औं महाधिवेशनमा तनहुँबाट १२ जनाले प्रतिनिधित्व गर्दै छन् । महाधिवेशनमा जिल्ला कमिटीबाट महेन्द्र श्रेष्ठ, मनाेज बानियाँ र विष्णुमाया श्रेष्ठ चयन भएका छन् ।
यसै गरि स्थानीय पालिकाबाट विवेक वाग्ले, माध्यमिक विद्यालय कमिटीबाट रञ्जन सुनारले प्रतिनिधित्व गर्ने भएका छन् ।
स्ववियू निर्वाचन हुने क्याम्पसकाे तर्फबाट जनज्योति क्याम्पसका आकाश गिरि, सहिद कृष्ण क्याम्पसबाट सुसन पाैडेल, वन्दिपुर क्याम्पसबाट राेशन कणेल, भानुभक्त बहुमुखी क्याम्पसबाट सुरेस पाैडेल, भानु संस्कृति क्याम्पसबाट विशाल ढकाल, आदिवासी भानुभक्त क्याम्पसबाट सागर जंग पन्त र आबुखैरेनी क्याम्पसबाट सुमन श्रेष्ठ चयन भएका छन् ।