काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री बाहेक माओवादीले चार मन्त्रालय र एक राज्यमन्त्री लिने सहमति सत्ता साझेदार दलहरुका बीचमा भएको थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् ।
माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री बन्ने भएकी छन् । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।
राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन् ।