कास्की । यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनामध्ये २४ शवको पोखरामा पोस्टमार्टम हुने भएको छ ।
२४ जना शवको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । बाँकी ४६ जनाको शव काठमाण्डौ पठाउने तयारी छ। काठमाण्डौमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको छ ।
अहिले हेलिक्टरमार्फत् शव काठमाण्डौ लगिने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए । पोखरामा रहेका शवहरु केहीको पोस्टमार्टम गरेर आफन्तलाई बुझाएको उनको भनाई छ । अहिले पनि पोस्टमार्टमको काम भइरहेको छ ।
बाँकी दुई जनाको शव ड्रोनको समेत प्रयोग गरेर आज बिहानदेखि नै खोजी भइरहेको बताए।