दुलेगौंडा । लियाे क्लब अफ दुलेगौंडा खैरेनी सिटीले आयाेजना गरेको `इन्टर साेसल फुटसल कप´को उपाधि आयाेजकले नै हात पारेको छ ।
फाइनल खेलमा आयाेजकले लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनलाई ७-१ गाेलकाे अन्तरमा पराजित गरेको थियाे । प्रतियोगिता प्रथम भए संगै आयाेजक लियाे क्लबले खसी साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियाे भने उपविजेता लायन्स क्लबले बाेका साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगिताकाे सेमिफाइनल खेलमा शुक्लागण्डकी जेसीस र शुक्लागण्डकी युनेस्को बिचकाे विवाद सिर्जना भएपछि दुवै टिमलाई डिस्क्वालिफाइड गरेको थियाे ।
क्लबका अध्यक्ष संञ्जय घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ एम का द्धितीय गभर्नर चण्डीप्रसाद अर्याल, शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धिबहादुर थापा लगायत लायन्स, लियाे, जेसीस क्लबमा सदस्यहरू सहभागी रहेका थिए ।
विवाद पछि शुक्लागण्डकी जेसीसले निकालेकाे प्रेस विज्ञप्ति