काठमाडौं । नेपाल सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नयाँ सरकार गठन गर्ने सिलसिलामा गठबन्धनको दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो । पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई उसले प्रमुख शर्तका रूपमै अघि सारेको थियो । सोहि अनुहार सरकारका गठबन्धनले साझा कार्यक्रम तय गर्ने सन्दर्भमा राप्रपाले राखेको अडानका कारण सरकार बिदा दिन बाध्य भएको हो ।