काठमाडौं । हिउँदयामको मध्यतिर आइपुगेकाले जाडो अझै बढ्ने अनुमान मौसमविदको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज बिहानको रेकर्ड अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो हिजोको तुलनामा १ डिग्री कम हो ।
मौसमविद प्रधानाङ्गले भने, ‘तापक्रम घट्दो क्रममा रहेकाले काठमाडौं उपत्यकासहित देशभर चिसो अझै बढ्नेछ ।’ पानी परेको बेला वा बादल लागेको बेला अधिकतम तापक्रम घट्छ भने आकाश सफा भएको बेला न्यूनतम तापक्रम घट्छ । यी दुवै अवस्थामा जाडो बढ्ने मौसमविद प्रधानाङ्ग बताउँछन् ।