तनहुँ । तनहुँ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा सत्ता गठबन्धन पछि काँग्रेसबाट प्रदेश सभा सदस्यका उम्मेद्वार रहेका जित प्रकाश आले निर्वाचित भएका छन् । आज विहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार आलेले एमालेका केदार सिग्देललाई ६४० मतान्तरले पराजित गरेका हुन् ।
कुल २९ हजार ८९८ मतमा सिग्देलले १३ हजार २२० मत पाएका छन् भने आलेलाई १३ हजार ८६० मत आएको छ । २०७४ सालको निर्वाचनमा सिग्देल यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा शंकर भण्डारीलाई पराजित गरी निर्वाचित भएका थिए ।
अन्तिम मत परिणाम अनुसार राप्रपाका श्यामकुमारी राइले ५६५, मंगोल नेशनल अर्गनाइजेशनका नमबहादुर रानाले ५२०, राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङले ३८४ मत पाएका छन् । उम्मेदवारी निष्क्रिय पारेको एकिकृत समाजवादीलाई ३६८ मत खसेको थियो भने ९८१ मत बदर भएको छ ।