तनहुँ । तनहुँ क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा गठबन्धन विरुद्ध नेकपा एमालेको जित निकालेको छ । यो संगै नेकपा एमालेका श्यामराजा महत विजयी भएका छन् । महतले नेकपा माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपानेलाई १ हजार ७६६ मतान्तरले पराजित गरेका हुन् ।
कुल ३७ हजार ८२९ मत गणना गर्दा मतहले १५ हजार ६६५ मत प्राप्त गरे भने न्यौपानेले १३ हजार ८९९ मत पाएका थिए । २०७४ को निर्वाचनमा यस क्षेत्रमा वामगठबन्धनबाट माओवादी केन्द्रकी आशा कोइराला विजयी भएकी थिइन् ।
प्रदेश सभातर्फ राप्रपा रेशमराज अधिकारीले ४ हजार २२० मत पाए भने नेकपा एसले ५९१, जनमुक्ति पार्टीका नेत्रबहादुर थापाले ५९०, मंगोल नेशनल अर्गनाइजेशनका सुमन थापा मगरले ७१६, मौलिक जरोलिो पार्टीका टोलराज वाग्लेले ३९०, जनसमाजवादी पार्टी नेपालका रामबहादुर वि।कले १२४ मत प्राप्त गरेका छन् । कुल मतबाट १६३० मत बदर भएको छ ।