दुलेगौंडा । तनहुँ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यकाे मतगणना हुँदै छ । १६३७ मत गणना गर्दा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका नेपाली कांग्रेसका शंकर भण्डारीले ७३७ मत सहित अग्रता कायम गरेका छन् ।
यसै गरि नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका किरण गुरूङ ४२६ मत सहित भण्डारीलाई पच्छ्याउदै छ । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जाेशी २४२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
१ हजार ६३७ मतगणना गर्दा हालसम्म ८९ मत बदर भएको छ ।