काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ ।
शनिबार एक विज्ञप्ति जारी गरी हाम्रो नेपाली पार्टीले ४ मंसिरको चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो ।