• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

आफ्नै नेताप्रति कार्यकर्ता असन्तुष्ट

हरि खरेल by हरि खरेल
October 29, 2022
in राजनीति, स्थानीय समाचार
A A
0
आफ्नै नेताप्रति कार्यकर्ता असन्तुष्ट
Share on FacebookShare on TwitterEmail this

हलेदी । शुक्लागण्डकी नगरपालिका–२ हलेदी कुनै समय एमालेको गढ मानिन्थ्यो । हरेक निर्वाचनमा यहाँका जनताले एमालेका उम्मेद्वारहरुलाई जिताएर पठाए । तर, पनि हलेदीको समस्या भने ज्यूका त्यूँ छ । यहाँका स्थानीयबासी तथा पार्टीका स्वयम कार्यकताहरु नै आफ्ना नेताले कामै नगरेको गुनासो सुनाउँछन् ।

निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका उम्मेद्वार किरण गुरुङ प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यमा व्यस्त छन् । शनिबार घरदैलो कार्यक्रम गर्दै गुरुङ शुक्लागण्डकी–२ हलेदी पुगेका थिए । त्यहाँ उनले पार्टीका कार्यकता र स्थानीयबाट समर्थन भन्दा बढी गुनासो सुन्नुपर्याे ।

निर्वाचनको समयमा स्थायी कमिटी सदस्य रहेका गुरुङलाई ३/४ पटक जिताएर पठाउदाँ पनि हलेदी क्षेत्रको लागि केही गर्न नसकेको स्थानीय मानबहादुर घलेले गुनासो गरे । ‘किरण गुरुङ यहाँबाट जितेर ३/४ पटक गईसक्नु भयो । उहाँले हामीलाई के दिन सक्नु हुन्छ र यहाँ । आजसम्म केही दिएको रेकर्ड छ ?’ उनले प्रश्न गरे ।

भुपेन्द्र रिमाल पनि शुक्लागण्डकी–२ का स्थनीयवासी हुन् । उनले वि सं. २०४८ सालदेखी नेकपा एमालेमा भोट हाल्दै आएको बताउँछन् । तर अहिले भोट के मा हाल्ने भन्ने दुबिधामा रहेको स्वयम गुरुङ उपस्थित रहेको छलफलमा सुनाए । ‘मैले वि सं. २०४८ सालदेखी नेकपा एमालेमा भोट हाल्दै आएको थिए । तर अहिले ‘भोट के मा हाल्ने ?’ भन्ने दुबिधामा रहेको छु । यो किन, कस्लो बनायो भन्दा हाम्रा राजनीतिक दलका नेताले नै बनाए’ उनले भने । विगतमा आफुहरुले जिताएर पठाएका प्रतिनिधिले यस ठाउँको विकासका लागि केही गर्न नसकेको हुदाँ ‘फेरी पनि यहाँका स्थानीयलाई सुर्यमा भोट हाल्नुस भन्न सकिन्छ ?’ भन्दै प्रश्न गर्दै भने । ‘हामीले कसरी भोट माग्दीने । विगत ०४८ सालदेखी सुर्यमा भोट हाल भन्दै हिडेको थिए । हाजसम्म शिलादेवी मोटर मार्ग बन्न सकेन । अब त्यही बाटोमा गएर सुर्यमा भोट हाल भन्न सकिन्छ ?’ उनले प्रश्न गर्दै भने ।

नेकपा एमालेका सक्रिय कार्यकर्ता हुन्, टिकाराम रिमाल । आफ्ना प्रतिनिधिले केही गर्न नसकेको हुदाँ ‘नेताहरु हाम्रो ठाउँमा आउनुहुन्छ’ भनेर स्थानीयहरुलाई भेलामा उर्तान समेत पनि गाह्रो भएको बताए । ‘आफ्ना प्रतिनिधिले आफ्नो ठाउँको विकासका लागि केही गर्न नसकेको हुदाँ नेताहरु हाम्रो ठाउँमा आउनुहुन्छ भनेर स्थानीयहरुलाई भेलामा उर्तान पनि गाह्रो भईसक्यो । किन भन,े जनताहरुको काम गरेको भए पो हाम्रो नेता आउनुभयो भनेर आउथे । यहाँ त जुटाउन गाह्रो भईसक्यो जनताहरु, यो कुरा नेताहरुले बुझ्ने कि नबुझ्ने’ उनले भने ।

चुनावमा जितेर गएपछि जनताको हित हुने काम गर्न नसकेको र जितेपछि फर्केर पनि जनतामाझ जनप्रतिनिधि नआएको एमालेका कार्यकता रामचन्द्र खनालले बताए । ‘चिलले चल्ला लान्छ कि भनेर कुखुराको माउले आफ्नो पखेटाभित्र घुसाए झैं, हाम्रा नेताले हाम्रा जनतालाई घुसाउन सक्नुभएन । र एकपटक जितेर गएपछि फर्केर पनि नआउने जनताको गुनासो हो । यो कुरा चाही नेताहरुले बुझ्दिनु पर्छ’ उनले भने ।

चुनावको बेला मात्र जनताको माझ जाने र जितेपछि केही पनि नगर्ने प्रवृत्तिले जनताहरु रुष्ट छन् । त्यसैले जनप्रतिनिधि जनताप्रति बफादार रहन आवश्यक छ ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.