ललितपुर – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज बिहान किस्ट अस्पतालमै निधन भएको थियो । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुनुहुन्छ ।
लितपुर महानगरपालिकाको प्राङ्गणमा श्रद्धाञ्जली दिन राखिएको जोशीको पार्थिव शरीर अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको छ । पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको छ ।
जोशी तीन पटक मदन पुरस्कार पाउने नेपालको एक्लो व्यक्ति रहेका छन् । उनले ‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाएका थिए ।