दुलेगौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट तनहुँ २ को लागी उम्मेदवारको नाम टुंगो लगाएको छ।
अधिकारिक बिबरण प्राप्त नभै सकेता पनि तनहुँ क्षेत्र नं २ प्रतिनिधि सभा तर्फ किरण गुरुङ, प्रदेश सभा तर्फ १ क मा श्यामराजा महत र १ ख मा केदार सिग्देललाई उमेदवार तय गरेको बुझिएको छ । अघिल्लो निर्वाचनमा केदार सिग्देल प्रतिनिधि सभाबाट उमेदवार भएका थिए भने गुरुङ प्रदेश सभामा, महत भने संसदीय निर्वाचनमा नयाँ अनुहार हुन् ।