काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका छन् । नाबालिग बलात्कारको आरोप लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
आज विहान कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ ।
यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।
गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलत्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।