दुलेगौंडा । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिको रिक्त पदपूर्ति भएको छ । सोमबार समितिको बैठकले उपाध्यक्ष, सचिव, सह–सचिव र कार्यालय सचिमा भएको रिक्त पदमा सदस्यको टुङ्गो लगाएको हो ।
उपाध्यक्षमा ज्योतिकुमार श्रेष्ठ, सचिवमा सुमन आले, सह–सचिवमा अनिश ढकाल र कार्यलय सचिवमा दिपक सापकोटा चयन भएका छन् । यसअघि समितिको उपाध्यक्ष रहेका चेतनारायण पौडेलले पदबाट राजिनामा दिएका थिए । यसै गरि सचिव रहका जिबन पोखरेल पार्टीको कारबाहीमा परेका छन् भने यसअघि सह–सचिव रहेका आलेको बढुवा भएर सचिवमा आएका छन् ।