काठमाडौं । सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा घुस लिने उपसचिव नेपाल र दिने बि.बि. एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।
नागरिक उड्डयन महाशाखाका उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालन अनुमतिपत्र उपलब्ध गराइदिन सेवाग्राहीसँग लिएको ६ लाख रूपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको गरेको थियो।
काठमाडौं महानगरपालिका(१ मनकामना मार्गस्थित होटल अरन्याको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिई उनका गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रूपैयाँ गरी उनको साथबाट जम्मा २२ लाख ५० हजार नगद बरामद गरेको थियो।