काठमाण्डौ । राष्ट्रिय भूमि आयोगले जग्गाको लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित गरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जग्गावितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण काम तत्काल स्थगित गरिएको भूमि आयोगले जनाएको छ ।
निर्वाचन आयोगले यसअघि लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो ।