दुलेगौंडा । नेकपा एकीकृत समाजवादीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) तनहुँ जिल्ला कमिटीको अध्यक्षमा सुसान पौडेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको जिल्लाको विशेष भेलाले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । पौडेलको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति चयन भएको छ ।
कमिटीको उपाध्यक्षमा राहुल नेपाली, सचिवमा समिता बि.क, कोषध्यक्षमा सुनिता थापा र सह सचिवमा आदर्श श्रेष्ठ चयन भएका छन् । विद्यार्थीको हकहितको लागि संगठनले विशेष काम गर्ने अध्यक्ष पौडेलले बताए ।
अनेरास्वीयूको जिल्ला उपाध्यक्ष किरण नेपालीको सभापतत्वमा सम्पन्न कार्यक्रममा एकिकृत समाजवादीको जिल्ला अध्यक्ष श्रीराम कार्की, जिल्ला सचिव दुर्गा कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।