काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलन गर्ने भएका छन् । महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए ।
‘तत्काल ढुवानी भाडा वृद्धिको निर्णय नगरिए आन्तरिक तथा वाहृय दुवै प्रकारको पेट्रोलियम ढुवानी २५ गतेबाट रोक्ने निर्णय गरेका छौं,’ अध्यक्ष बोहोराले भने, ‘हामीसँग भएका सबैखाले माग र सहमति कार्यन्वनयन नभएपछि वाहृय भएर आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं । यो निर्णायक आन्दोलन हो ।’
महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने अध्यक्ष बोहोराले बताए ।अनलाइनखबर