दुलेगौंडा । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभाको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले तनहुँले क्षेत्र नम्बर २ (क) मा प्रत्यक्षबाट नौ (९) जनाको नाम सिफरिस गरेको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा क्षेत्र नम्बर २ (क) समन्व्य कमिटीको बैठकबाट प्रत्यक्षतर्फ कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गा प्रसाद पराजुली, हर्कबहादुर गुरुङ, श्यामराजा महत, शिववहादुर महत, शेषमणि आचार्य, अर्जुन प्रसाद नागिला र राधादेवी महत क्षेत्रीको नाम सिफारिस गरेको हो ।
एक जना महिलासहित तीन जनाको नाम सिफारिश गर्नुपर्नेमा आकांक्षीको सङ्ख्या बढी भएपछि आएका नामलाई नै जिल्लामा पठाउने निर्णय गरिएको समन्वय कमिटीले जनाएको छ ।