दुलेगौँडा । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभाको लागि नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ मा प्रत्यक्षबाट तीन जना र समानुपातिकबाट दुई जनाको नाम सिफरिस भएको छ । क्षेत्रीय समितिको बैठकले केन्द्रीय सदस्यद्धय प्रदीप पौडेल, धुर्व वाग्ले र जिल्ला सभापति जीतप्रकाश आलेको नाम सर्वसम्मत सिफारिस गरेकोे हो ।
समानुपातिक उम्मेदवारमा पुरुषतर्फ क्षेत्रीय सचिव सन्तोष घिमिरे र महिलातर्फ नेपाल महिला संघ जिल्ला उपसभापति चन्द्रकला भट्टराई सिफारिस भएका छन् ।