तनहुँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि निर्वाचन आयोगले असोज ४ गतेदेखि मतपत्र छाप्न सुरु गर्ने भएको छ। अहिले मतपत्र डिजाइन हुँदै गरेको र असोजको ४ गतेबाट छपाइ शुरु हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
अन्तिम मतदाता नामावली भदौ २१ गते प्रकाशन गर्ने आयोगले तयारी गरेको छ। स्वीकृत बजेटअनुसारको कार्यक्रम निर्धारण, नीति निर्देशिका परिमार्जन लगायतका गृहकार्य भइरहेको छ। आयोगका अनुसार मतपत्र डिजाइनको काम पनि भइरहेको छ। मतदाता शिक्षा अन्तर्गतको घरदैलो अभियान भने दशैँतिहारपछिबाट कम्तिमा १५ दिन सञ्चालन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।