दुलेगौडा । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदीप पौडेलले पार्टीले आव्ह्वान गरेअनुसार आज पार्टी कार्यालयमा गई आवेदन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेशको आगामी मङ्सिर ४ मा हुने निर्वाचनको लागी इच्छुक सदस्यलाई आबेदन दिन पत्राचार गरे अनुरुप तनहुँ २ बाट प्रतिनिधिसभा सदस्यका लागि पौडेल सहित केन्द्रीय सदस्य ध्रुव वाग्ले र पार्टी सभापति जीत प्रकाश आललेले पनि आवेदन दर्ता गरेका छन् । पार्टीले उम्मेद्वारीको आकांक्षीको आन्तरिक आवेदन खुला गरेपछि प्रतिनिधि सभा तथा प्रदेश सभा दुवै तर्फ नेताहरुले आवेदन दर्ता गराएका छन ।