खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ भोटेपानीमा आजदेखि सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दिगो युथ क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले खेलकुदले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सहयोग पु¥याउने बताए । उनले समाज परिर्वतनको संवाहकको रुपमा युवा रहने हुदाँ नगरको विकासका गतिविधिमा युवालाई संलग्न बनाउने बताए । साथै आगामि दिनमा नगरापलिकाले युवाको जोसलाई आर्थिक पक्षसंग जोडेर अगाडी बढ्ने उनको भनाई छ ।
क्लबका अध्यक्ष मनोज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्क सिं थापा लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद ५५ हजार ५५५, द्धितीय हुने समूहले नगद ३३ हजार ३३३ साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजककहा अनुसार हालसम्म २७ समुह सहभागि भएका छन् । प्रतियोगिता भदौ ७ गतेसम्म सञ्चालन हुने छ ।