काठमाडौं । आगामी पुस १७ गतेदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने मिति तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
बैठक संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठको अध्यक्षमा बसेको थियो । यो विमानस्थल सञ्चालनमा आए सँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुग्ने छ ।
नेपालमा गत आर्थिक वर्षमा मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । पोखरा विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।स्रोत : अनलाइनखबर