काठमाडौं । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान गएको उक्त भूकम्पको धक्का खोटाङ, सिन्धुपाल्चोक‚ काठमाडौं लगायत देशैभरका विभिन्न स्थानमा महसुस गरिएको छ ।