दुलेगौंडा । गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडबाट मृत्यु भएकाको परिवारलाई ५० हजार दिने भएको छ ।
मन्त्रालयले २०७९ जेष्ठ २ गते जारी गरेको सुचना अनुसार कोभिडका कारण मृत्यु भएका घर परिवारले प्रमाणित कागजात सहित वडाको सिफारिस लिएर गएको खण्डमा उक्त सहयोग पाईने मन्त्रालय जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
उक्त सहायताको लागी कोभिड १० पोजिटिभ भएको रिपोर्ट, कोभिड १९ कारण मृत्यु भएको प्रमाण पत्र, सम्बन्धित स्थानीय तहबाट जारी मृत्यु दर्ता प्रमाण पत्र, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,आर्थिक सहायता दाबी गर्नेको नातेदार संग मृतकको नाता प्रमाणितक प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको बैंक खाताको चेकको प्रतिलिपि र वडाको सिफारिस सहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा निबेदन पेश गर्नु पर्ने बताईएको छ ।
यो सहायता लिनको लागी यही असार महिना भित्र सम्पर्क गर्नु पर्ने बताएको छ ।