दुलेगाैडा । शुक्लाण्डकी नगरपालिकालाइ बालमैत्री स्थानीय तह बनाउन प्रतिबद्धता ब्यक्त गरिएको छ । बालमैत्री स्थानीय साशन कार्यान्वयन निर्देशिका २०७८ अनुसार नगरपालिकालाई बालमैत्री बनाउन तयारी स्वरूप सोमबार आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो ।
सामाजिक विकास कार्यालय, गण्डकी प्रदेश, तनहुँ, दमौलीद्वारा शुक्लागण्डकी नगरपालिकमा आयोजीत बालमैत्री स्थानीय शासन प्रबर्द्धन तथा व्यवस्थापन कार्यशाला कार्यक्रममा सहभागी नगर उपप्रमुख, वडा अध्यक्ष, कर्मचारी तथा अन्य सरोकारवालाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।