पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना गरेको छैटौं पोखरा स्पोर्ट्स अवार्डमा प्रदिप खड्का र अरुणा शाही वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
स्पोर्ट्स अवार्डमा क्रिकेटकी मनिषा उपाध्यय र कराँतेकी सरगम कुमाललाई पछि पार्दै शाही वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी थिईन् भने कराँतेका वुद्ध लामा र व्याडमिन्टनका विधान अधिकारीलाई पछि पार्दै टेनिसबाट खड्का वर्ष पुरुष उत्कृष्ट खेलाडी बन्न सफल भए । वर्ष उत्कृष्ट खेलाडी दुवै जनाले २ लाख १० हजारको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरे ।
लाइफ टाइम अचिभमेन्टबाट पोखराका अग्रज खेलाडी गणेशबहादुर भट्टराई सम्मानित भए । उत्कृष्ट प्रशिक्षकको अवार्ड टेनिसका निरज थापा र उदियमान खेलाडीको उपाधि टेनिसका दर्शिल श्रेष्ठले हात पारे । उनले नगद ३५ हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । वर्ष उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड कान्तिपुरकर्मी दिपक परियारले प्राप्त गरे भने उत्कृष्ट खेल संघको रुपमा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश घोषित भएको छ ।