खैरेनीटार । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँ क्षेत्र न २ को कार्यसमिति पुनर्गठन गरिएको छ।
तनहुँ क्षेत्र न २ कि अध्यक्ष रामकुमारी भुसालको अध्यक्षता शनिबार बेलचौतरामा बसेको भेलाले सो कार्यसमितिको पुनर्गठन गरेको हो भेलाले अध्यक्षमा पुन: रामकुमारी भुसाल, उपाध्यक्षमा रामु महत र सचिता बहादुर थापा सचिवमा रेशमराज अधिकारी सह सचिवमा भागिरथ घिमिरे र कोषाधयक्षमा कला राई चयन गरेको छ।
नवनियुक्त पदाधिकारीले शिबमन्दिरमा भगवानलाई साँची राखी जनहितको लागी कार्य गर्ने प्रण गरेका थिए । सचिब रेशमराज अधिकारीले शुक्ला न्युजसंग कुरा गर्दै अब संगठन विस्तारमा लाग्ने बताए ।