दुलेगौंडा । तनहुँ जिल्ला भलिबल संघको अध्यक्षमा पदमबहादुर सुनार चयन भएका छन् । मंगलबार भएको साधरण सभा तथा अधिवेशनले सुनारको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मण गुरुङ र रोशन कुमार श्रेष्ठ, महासचिवमा अशोक गिरी, कोषध्यक्षमा विमल राना चयन भएका छन् । यस्तै गरि सदस्यमा चक्र कुँवर, राज राई, तुलबहादुर थापा, किसान थापा, तिलबहादुर थापा (सर्य), लक्ष्मी कुमाल, मदन थापा, शमसेर लम्साल चयन भएका छन् ।
जिल्ला भलिबल संघ तनहुँले युवाहरुलाई खेलकुदसंग जोडी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न अग्रसर रहने निर्वाचित अध्यक्ष सुनारले बताए ।
यस्तै गरि तनहुँ जिल्लाबाट प्रदेश प्रतिनिधिको रुपमा टुक बहादुर गुरुङ चयन भएका छन् ।