काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि दिएका निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।
स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगले जनाएको छ । अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ ।