दुलेगाैडा । पतन्जली योग समिति शुक्लागण्डकीको आयोजनमा अन्तरष्ट्रिय योग दिवस विशेष कार्यक्रम शुक्लागण्डकी नगरपालिकाको नगर सभा हलमा सम्पन्न भएको छ ।
आठौ अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा शुक्लागण्डकी नगरपालिमा भर रहेका साधना केन्द्रहरुको सहभागिता रहेको थियो । शुक्लागण्डकी नगर योग समितिका प्रभारी दिपक श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय योग विशेष प्रोटोकल समेत प्रस्तुत गरिएको थियो । पतन्जली युवा समिति तनहूका अध्यक्ष ऋषेश्वर भुवाई, महिला पतन्जली योग समितिका पार्वती पौडेल, तनहूँ मिडिया प्रभारी एकनारायण गौतम, सल्लाकार भाेजराज शर्मा भट्टराइ र जिल्ला कोषाध्यक्ष मायादेवी पौडेलले विशेष योग प्रोटोकल प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा खैरनीटार साधना केन्द्र, ह्वाईट हाउस साधना केन्द्र, नेवार समाज साधना केन्द्रका साधकहरुले योग आशन प्रस्ुतत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख पण्डितले योग शिक्षालाई नीतिगत रुपमा समेटेर योग मार्फत स्वस्थ नागरिक तयार गर्न नगरपालिका हरदम प्रयत्नसिल रहने वताउनु भयो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष खेमराज खनाल, वडा नं ४ का वडाध्यक्ष राज कुमार वाग्ले, योग समितिको तर्फबाट ऋषेश्वर भुवाई, लक्ष्मी थापा क्षेत्री, पावती पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमा तुलसी श्रेष्ठले स्वागत गर्नूका साथै सञ्चालन सचिव बालकृष्ण विकले गर्नुभएको थियो ।
केही बर्ष यता पतन्जली योग समिति गठन गरी शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा साधन केन्द्रहरु सञ्चालन हुदै आएका छन् । उक्त साधना केन्द्रहरुमा दिनानुदिन साधकहरुको संख्या बढेसँगै योग प्रति नागरिकहरुको चासो समेत बढ्न थालेको पाईएको छ ।