दुलेगौंडा । मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकी छन् ।
आज काठमाण्डौमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरेकी हुन् ।
उहाँलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याउनुभयो । मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाकाे अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।
तनहुँको शुक्लागण्डकी निवासी डा. गङ्गा गुरुङले फार्मेसी फेस अवार्ड हात परेकी छिन् ।