नेपाल बिद्युत प्राधिकरण लेखनाथ बितरण केन्द्र, खैरेनीटार नाे लाईट सब स्टेसनले शुक्लागण्डकि -५, झरौटाबाट थप सेवा शुरु गरेको छ ।
स्टेसनका इन्चार्ज नन्देस्वर कुसवाहका अनुसार सेवा बिस्तार संगै बिद्युत ग्राहकहरु सामान्य कामका लागी तालचोक धाईरहनु पर्ने समस्याबाट मुक्त भएको बताउनु भयो । उहाँका अनुसार यस स्टेसनबाट ५ देखि १५ एम्पिएर सिंगल फेज नयाँ मिटर, ठाउँ सारी, नामसारी, क्षमताबृद्धी (घटाने बढाउने) बिजुलि मर्मत र निरन्तर बिद्युत महशुल लिने कार्य शुरु गरिएको छ ।