खैरेनीटार । लायन्स क्लब अफ शुक्लागण्डकीले आयोजना गरेको सि लेभल खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थर्पु ब्याडमिन्टन क्लबका कामन थापा र विरेन थापा विजय भएका छन् । आज भएको फाईनले खेलमा गाछेपानि क्लबका पुष्पनारायण राई र मिलन राईलाई २–१ सेटको अन्तमा थापा समुहले जित हासिल गरेको हो ।

प्रतियोगितामा प्रदिप थापा÷भोजराज पाण्डे र ताराबहादुर पंगेनी÷विक्रम रेउले तृतीय भएका छन् । जितसंगै प्रतियोगितामा प्रथम हुनेले २५ हजार बराबरको खसी, द्धितीय हुनेले १५ हजार बराबरको खसी र तृतीय हुने दुई टिमले कुखुराको भाले साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष साथै क्लबका पूर्व अध्यक्ष बुद्धिबहादुर थापाले खेलकुद मार्फत कुलतमा फसेका युवालाई सकारात्मक बाटोमा हिड्न सहयोग पु¥याउने बताए । उनका अनुसार क्लबले आयोजना गरेको कार्यक्रमले स्थानीय स्तरमा रहेको खेलाडीको प्रतिभा उजागरण गर्न सहयोग पु¥याउने छ ।

सोही कार्यक्रममै बोल्दै लायन्सका रिजन चियर पर्सन प्रदिप थापाले स्वास्थ्य रहन खेलकुदको ठूलो महत्व रहने बताए । ‘स्वास्थ्य नै जिवनको अमुल्य सम्पत्ति हो । यसैले स्वास्थ्य रहन खेलकुदको ठुलो महत्व रहन्छ’ उनले भने ।
लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष दिपेन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रममा लायन्सका जोन चियर पर्सन बरदान क्षेत्री, लायन्स क्षितिज थापा, सुमन सापकोटा लगायतले सहभागिता जनाएका थिए ।प्रतियोगिता २८ र २९ गते त्रिवेणी ब्याटमिन्टन हलमा भएको थियो ।