खैरेनीटार । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा ‘सि लेभल ब्याडमिन्टन प्रतियोगिता’ शुरु भएको छ ।
स्थानीय स्तरमा नै सक्षम खेडालि उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गर्न लागेको लयन्स क्लबका जोन चियर पर्सन बरदान लामिछानेले जानकारी दिए । लायन्स कल अब शुक्लागण्डकीका बर्ष २०२१/२२ का अध्यक्ष दिपेन्द्र थापाको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बुद्धी बहादुर थापा, इप्रका बेलचौताराका प्रमुख भोजराज पाण्डे, लायन्स क्लब अफ खैरेनीटारका तिमिल्सिना, क्लबका पुर्व अध्यक्ष सुजन श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार बराबरको खसी, द्धितीय हुनेले १५ हजार बराबरको खसी र तृतीय हुने दुई टिमले कुखुराको भाले साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
शुक्लागण्डकी नगरपालिका–७ मिलडाँडाको त्रीबेणी ब्याटमिन्टन हलमा शुरु भएको खेलमा कुल ३५ समुहको सहभागिता रहने आयोजकले बताए ।