दुलेगौंडा, शुक्रबार रातीको अभिरल वर्षाका कारण आएको बाढीमा परि शुक्लागन्डकी १० कुखुरे बस्ने एक ब्यक्तिको मान्द्रे खोलामा आएको भेलले बगाएर मृत्यु भएको छ ।
घर जाने क्रममा मांद्रे बजारमा रहेको खोलाको कजवेबाट राति अन्दाजी ९.३० बजे तिर बगेका याम बहादुर बिकको सव घोप्टो परेको अबस्थामा बराह खोला नजिकै भेटिएको थियो । स्थानीयले खोजीको क्रममा शनिवार बिहान भेटे पछी प्रहरीको उपास्थितिमा मुचुल्का उठाइ हाल पोस्टमार्टम लागि दमौलि लगिएको छ ।
दुलेगौडा साखे मोटर मार्गको खण्डमा रहेका बराह खोला र मान्द्रे खोलामा पुल हाल्नका लागी पटक पटक सम्बन्धित निकायलाई अनुरोध गर्दा समत पुल निर्माण गर्न तर्फ चासो नदिएका कारण बर्षेनी क्षति पुग्दै आएको छ । अघिल्लो बर्ष समेत पटक पटक सवारी साधन र मानिसलाई खोलाले बगाउदै आएको थियो । उक्त खोलामा तत्काल योजना ल्याई पुल हाल्नु पर्ने स्थानीय बिक्रम खांडले बताए । उनले ढोर बाराही मार्गको मान्द्रे देखि सांखे खण्डमा तत्काल मर्मत नगर्ने हो भने सवारी साधन चल्न नसक्ने अवस्था आउन सक्ने कुरा बताए ।