दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेको प्यानलै विजय भएको छ । बिहीबार भएको कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानल नै विजय भएको हो ।
महिला सदस्यमा डोलमाया गुरुङ, रिता नेपाली, शारदा लम्साल, सीतादेवी तिमिल्सिना, सुनित सुनार वि.क निर्वाचित भएका छन् । दलित अल्पसंख्यक तर्फ खिम ब.कुमाल, विमल जि.सी. (भुजेल) र सन्तोष वि.क. निर्वाचित भएका छन् । निर्वाचित सबैले समान ३५ मत प्राप्त गरेका थिए । आज भएको निर्वाचनमा ६२ मत खसेको थियो ।