दुलेगौंडा- शुक्लागण्डकी नगरपालिकाले कृषक सूचीकरण गर्ने भएको छ । सोमबार शुक्लागण्डकी नगरपालिकाले जारी गरेको सुचना अनुसार कृषक सूचीकरण गरिने नगरपालिकाले बतायो ।
शुक्लागण्डकी नगरपालिकामाले “किसान सूचीकरण कार्यक्रम” संचालन गर्ने निर्णय आज गरेको छ। “किसान सूचीकरण कार्यक्रम” अन्तर्गत यस आर्थिक वर्षमा वडा नं १०,११ र १२ का किसानहरुलाई सूचीकरण गरिनेछ l अन्य वडाहरुमा आगामी आर्थीक बर्षमा यो कार्यक्रम संचालनमा आउनेछ l “किसान सूचीकरण कार्यक्रम” अन्तर्गत बास्तविक किसानहरुको सूचीकरण गरि अनुदान लगायतका सुबिधाहरु बास्तविक किसानहरु लाई दिने ब्यबस्था मिलाउने नगर उप प्रमुख खुम बहादुर बिक राजुले बताए ।