सीता गिरि, पोखरा
साहित्यकार कृष्ण प्रसाद बस्ताकोटीको नयाँ जातको रुख आईतवार एक कार्यक्रममा बिच उद्योग बाणिज्य संघ, पोखराको सभाहलमा लोकार्पण गरिएको छ ।
४० बर्ष लामो सरकारी सेवामा बिताएका बस्ताकोटीले शिक्षण सिकाईलाई केन्द्रबिन्दुमा राखेर उपन्यास सार्वजनिक गरेका हुन । बिद्यार्थीलाई नयाँ जातको रुखको रूपमा चित्रण गरि बिद्यार्थी, शिक्षक र अभिभावकको भुमिकाको बारेमा कृतिमा चर्चा गरिएको छ।
वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार डा. लक्ष्मी शर्मा अधिकारीले कृतिमाथी समिक्षा गर्नु भएको थियो । लेखनाथ साहित्यिक प्रतिस्ठानको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता साहित्यकार पदमराज ढकालले गर्नु भएको थियो ।
ब्याख्यान र कबिता दुबै बिधामा कलम चलाउदै आएका बस्ताकोटीको यसअघि क्रन्धन समारोह कथा संग्रह र अभिसप्त समय कविता संग्रह प्रकाशित भैसकेका छन ।