दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–७ का निर्वाचित जनप्रतिनिधिले पनि कार्यभार सम्हालेका छन् । वडाका संस्थापक जनप्रतिनिधिले नव निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सुम्पिएका हुन् ।
शुक्लागण्डकी नगरपालिका–७ मा वडाध्यक्ष खड्क सिं थापा नेतृत्वको जनप्रतिनिधिले कार्यभार सम्हालेका छन् । कार्यक्रममा बोल्दै निर्वाचित वडाध्यक्ष खड्गसिं थापाले गरिब जनतालाई निशुल्क स्वास्थ्य विमा गरिदिने घोषण गरे । अव्यवस्थित बसोवासिको समस्या समाधान गर्न संस्थापक जनप्रतिनिधिले अगाडी बढाएका कामलाई निरन्तरता दिने उनको भनाई छ ।
वडाध्यक्ष खड्ग सिं थापा सहित राजबहादुर थापा, गिरबहादुर थापा, महिला सदस्य शारदा लम्साल र दलित महिला सदस्य कविता विकले कार्यभार सम्हालेका हुन् ।