दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–२ मा सोमबार बिहान एक कार्यक्रमका बिच अबको पाँच बर्षको लागि नव निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सुम्पेका छन् ।
शुक्लागण्डकी नगरपालिका–२ मा वडाध्यक्ष सुमनबहादुर राना मगर नेतृत्वको जनप्रतिनिधिले कार्यभार सम्हालेका छन् । वडाध्यक्ष सुमनबहादुर राना मगरले आफ्नी आमालाई आसन ग्रहण गराउदैँ आफुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सुत्केरी हुन नसकेर विपतमा परेका महिला र दुर्घटनामा परि विरामी भएकालाई अस्पताल सम्म लैजान निशुल्क एम्बुलेन्स व्यवस्था मिलाउने बताए ।
वडाध्यक्ष सुमनबहादुर राना मगर महिला सदस्य कमला धमला पौडेल, दलित महिला सदस्य रिता नेपाली, खुल्ला सदस्य भगवान पुन र मानबहादुर पुलामीले कार्यभार सम्हालेका हुन् ।