दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–६ मा सोमबार बिहान एक कार्यक्रमका गर्दै वडाका संस्थापक जनप्रतिनिधिले अबको पाँच बर्षको लागि नव निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सुम्पेका छन् ।
शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा नेतृत्वको समुहले कार्यभार सम्हालेका हुन् । निर्वाचित वडाध्यक्ष थापाले पहिलो कार्य ग्रामिण क्षेत्रको बालबालिकाको शिक्षकलाई जोड दिने बताए । वडाध्यक्ष थापाले ५ बर्षमा आफ्ना घोषण पत्र सहित अन्य दलको घोषण पत्रमा रहेका कार्यलाई पनि अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्ष बुद्धिबहादुर थापा सहित महिला वडा सदस्यमा विमला पौडेल, दलित महिला सदस्यमा सितादेवी विक, खुल्ला सदस्यमा कुलकुमार कुमाल र भक्तबहादुर रानाले कार्यभार सम्हालेका हुन् ।