• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार ८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

वडाका जनप्रतिनिधिले सम्हाले कार्यभार

हरि खरेल हरि खरेल
May 23, 2022
- राजनीति, स्थानीय समाचार
A A
0
वडाका जनप्रतिनिधिले सम्हाले कार्यभार
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा–स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्न थालेका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिकाको विभिन्न वडा कार्यालयमा सोमबारदेखी नव निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्न सुरु गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा सोमबार बिहान एक कार्यक्रमका गर्दै वडाका संस्थापक जनप्रतिनिधिले अबको पाँच बर्षको लागि नव निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सुम्पेका छन् । कार्यभार हस्तानतरण गर्दै निवर्तमान वडाध्यक्ष शिवकुमार श्रेष्ठले जनप्रतिनिधि जनताको सेवक भएर जनताको मर्म बुझेर काम गर्नुपर्ने बताए । काम गर्दै जादा अवरोध सिर्जना हुन सक्ने भएकाले अवरोध छिचोल्दै अगाडी बढ्नुपर्ने सुझाव दिए ।

शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्ले (राजु)ले वडाले सर्वप्रथम बजारको फोहोर व्यवस्थापन गर्ने बताए । ‘फोहोर मैला व्यवस्थापन गर्न भोलिदेखी नै भाडामै भएपनि ट्याक्टर लिएर बजारको फोहोर व्यवस्थापन गर्ने कबुल गर्छु’ उनले भने । उनले भेदभाव रहित काम गर्ने बताए ।

शुक्लागण्डकी नगरपालिका–२ मा पनि जनप्रतिनिधिले कार्यभार सम्हालेका छन् । वडाध्यक्ष सुमनबहादुर राना मगरले आफ्नी आमालाई आसन ग्रहण गराउदैँ आफुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सुत्ेकरी हुन नसकेर विपतमा परेका महिला र दुर्घटनामा परि विरामी भएकालाई अस्पताल सम्म लैजान निशुल्क एम्बुलेन्स व्यवस्था मिलाउने बताए ।

शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा नेतृत्वको समुहले पनि सोमबार नै कार्यभार सम्हालेका छन् । निर्वाचित वडाध्यक्ष थापाले पहिलो कार्य ग्रामिण क्षेत्रको बालबालिकाको शिक्षकलाई जोड दिने बताए ।

शुक्लागण्डकी–७ का निर्वाचित जनप्रतिनिधिले पनि कार्यभार सम्हालेका छन् । वडाका संस्थापक जनप्रतिनिधिले नव निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सुम्पिएका हुन् । कार्यक्रममा बोल्दै निर्वाचित वडाध्यक्ष खड्गसिं थापाले गरिब जनतालाई निशुल्क स्वास्थ्य विमा गरिदिने घोषण गरे । अव्यवस्थित बसोवासिको समस्या समाधान गर्न संस्थापक जनप्रतिनिधिले अगाडी बढाएका कामलाई निरन्तरता दिने उनको भनाई छ ।

शुक्लागण्डकी नगरपालिका–३ मा सचिन भुजेल, वडा नम्बर ५ मा दीर्घबहादुर थापा, वडा नम्बर ९ मा धनबहादुर थापा, वडा नम्बर १० मा राजेन्द्र भट्टराई क्षेत्री र वडा नम्बर ११ मा शालिकराम भट्टराई नेतृत्वको जनप्रतिनिधिले पनि कार्यभार सम्हालेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
स्थानीय समाचार

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस

June 21, 2025
योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
स्थानीय समाचार

योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि

June 21, 2025
रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
स्थानीय समाचार

रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव

June 20, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
खेलकुद

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
स्थानीय समाचार

माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव

June 18, 2025
तालवेसी माविमा स्क्रयावल क्लव गठन
स्थानीय समाचार

तालवेसी माविमा स्क्रयावल क्लव गठन

June 16, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
  • योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
  • रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
  • एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
  • माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.